दफा २९
उपभोक्ता संरक्षण कोष
(१) दफा २७ बमोजिम जरिबानाबापत प्राप्त गरेको रकम जम्मा गर्न बोर्डले एउटा उपभोक्ता संरक्षण कोष खडा गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा जम्मा भएको रकम सेवालाई नियमित गराउन, सेवा प्रणालीको आवश्यकता अनुसार मर्मत सम्भार गर्न वा पुनर्निर्माण गर्न तथा तोकिएबमोजिम उपभोक्तालाई अनुदान दिने काममा प्रयोग गरिनेछ ।
(३) कोषको सञ्चालन, व्यवस्थापन र उपयोगसम्बन्धी कार्यविधि तोकिएबमोजिम हुनेछन् ।